Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एनपीएलमा खेलाडी दर्ता प्रक्रिया खुल्ला, खेलाडीको न्यूनतम मूल्य २ लाख

एनपीएलमा खेलाडी दर्ता प्रक्रिया खुल्ला, खेलाडीको न्यूनतम मूल्य २ लाख

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला गरेको छ।

क्यानले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइन मार्फत नाम दर्ता गर्न आग्रह गरेको हो।

अक्सनमा सहभागी हुने खेलाडीलाई ए/बी र सी गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।

खेलाडीले आफ्नो इच्छाअनुसार कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ ।

खेलाडी दर्ताका लागि शुल्क एक हजार तोकिएको छ । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ ।

उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ ।

बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाख सम्म पाउनेछन् ।

त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । दर्ताको अन्तिम समय असोज १२ सम्म राखिएको छ ।

एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077