Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

जनयुद्धबारे एमाले नेताहरुले दिएको अभिव्यक्ति फिर्ता नभएसम्म आन्दोलन जारी रहन्छ : प्रचण्ड

जनयुद्धबारे एमाले नेताहरुले दिएको अभिव्यक्ति फिर्ता नभएसम्म आन्दोलन जारी रहन्छ : प्रचण्ड

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हत्या, हिंसाबारे एमालेले दिएको अभिव्यक्ति फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

शहीद प्रतिष्ठानको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले जनयुद्धलाई हत्या, हिंसा भनेकोबारे एमालेका नेताहरू दिएको अभिव्यक्तिबाट पछि नहटेसम्म आन्दोलन नछाड्ने सुनाए।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चालेको हरेक कदम असफल भएको उनले दाबी गरे।

अध्यक्ष प्रचण्डले भने, ‘हत्या, हिंसाबारे जो कुरा उठाएका छन् एमालेका नेताहरुले, उनीहरु पछाडि नहटेसम्म हाम्रो आन्दोलन जारी रहन्छ। सबैतिबाट साथ सहयोग चाहिन्छ।’

उनले माओवादी नेतृत्वको सरकारमा हुँदा यो पनि भएन, त्यो पनि भएन भनेर प्रतिक्रियावादीलाई फाइदा पुग्ने काम गर्ने काम माओवादीले गर्न नहुने धारणा राखे।

हत्या, हिंसाबारे एमालेका नेताहरु पछाडि नहटेसम्म आन्दोलन जारी रहने उनले घोषणा गरे। उनले माओवादीको मर्म एउटै भएकाले एकै ठाउँ आउनुको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077