Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पहिलो टेस्टमा बंगलादेशमाथि भारतको सहज जित

पहिलो टेस्टमा बंगलादेशमाथि भारतको सहज जित

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । बंगलादेशविरूद्धको पहिलो टेस्टमा घरेलु टोली भारतले सहज जित निकालेको छ।

भारतले बंगलादेशलाई २८० रनको फराकिलो अन्तले पराजित गगरेको हो । भारतले दिएको ५१५ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश दोस्रो इनिङ्ग्समा २३४ रनमै अलआउट भयो।

बंगलादेशका कप्तान नाजमुल हुसेन सान्तोले ८२ रन जोड्दा अन्य ब्याटरले उल्लेख्य रन बटुल्न सकेनन्। दोस्रो इनिङ्ग्समा बलिङमा भारतका रविचन्द्रन आस्विनले ६ विकेट लिए।

यस्तै रविन्द्र जडेजाले ३ विकेट हात पार्न सफल भए। त्यसअघि दोस्रो इनिङ्ग्समा भारतले ४ विकेटको क्षतिमा २८७ रन बनाएर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो।

जसका कारण बंगलादेशले ५१५ रनको लक्ष्य पाएको थियो। दोस्रो इनिङ्ग्समा भारतका लागि रिशव पन्तले १०९ रन र शुभमन गिलले ११९ रन नर जोडे।

बंगलादेश पहिलो इनिङ्ग्समा १४९ रनमै अलआउट भएको थियो। दोस्रो दिनको खेल नसकिदै बंगलादेश अलआउट भएपछि भारतले पहिलो इनिङ्ग्समा २२७ रनको अग्रता लिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077