Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सभापति लामिछानेलाई पक्राउ गर्ने कदमको प्रतिवाद गर्ने रास्वपाको निर्णय

सभापति लामिछानेलाई पक्राउ गर्ने कदमको प्रतिवाद गर्ने रास्वपाको निर्णय

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सरकारको निर्णयको प्रतिवाद गर्ने भएको छ । आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

रास्वपाले सभापति लामिछानेलाई पक्राउ गर्ने कदमको प्रतिवाद गर्ने बैठकपछि उपसभापति डीपी अर्यालले जानकारी दिए । उनले सरकारले मिडिया ट्रायल गरिरहेको आरोप लगाए ।

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक छविलाल जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो ।

पूर्वडीआईजी छविलाललाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077