Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

चीनबाट स्वर्णिमले भने – सभापतिविरुद्ध षड्यन्त्र भयो, तत्काल फर्किन्छौँ

चीनबाट स्वर्णिमले भने – सभापतिविरुद्ध षड्यन्त्र भयो, तत्काल फर्किन्छौँ

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । १० दिनका लागि चीन गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको टोली आकस्मिकरूपमा नेपाल फर्किने भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीन भ्रमणको थियो ।

सो टोली राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो । वाग्लेले भने, 'नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ ।'

टोलीमा पार्टी उपसभापति वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।

यता सरकारले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077