Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

समर्थकहरुलाई सम्बोधन गर्दै रविले भने - म डराएको छैन, अन्याय गर्न पनि पाइँदैन

समर्थकहरुलाई सम्बोधन गर्दै रविले भने - म डराएको छैन, अन्याय गर्न पनि पाइँदैन

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको दाबी गरेका छन् । आइतबार राति पार्टी कार्यालयमा ​समर्थकहरुलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् ।

उनले आफूले केही नबिराएको दाबी गर्दै पक्राउ परिन्छ कि भनेर नडराएको पनि बताए । आफूलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिएको भन्दै उनले आक्रोश पोखे ।

उनले भने, ‘म भागेको र डराएको छैन । म यहीँ छु । सरकारले जुन चाल देखाइरहेको छ त्यो मैले बुझ्न सकेको छैन । म एउटा कुरा भन्न चाहन्छु, सरकार मलाई तपाईँहरूको फेबर चाहिँदैन । तर, अन्याय गर्न पाइँदैन ।’

उनले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाए ।

'मैले केही बिराएको पनि छैन, म डराएको पनि छैन’, उनले भने, ‘सबैलाई हेक्का होस्, दुई तिहाइको सरकारलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन’, उनले समर्थकहरूमाझ भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077