Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईसीसी विश्वकप लिग-२ : क्यानडाविरुद्ध संकटमा नेपाल

आईसीसी विश्वकप लिग-२ : क्यानडाविरुद्ध संकटमा नेपाल

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्धको दोस्रो खेलमा सङ्कटमा परेको छ ।

किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ औं ओभरको खेल चलिरहँदा ५ विकेट गुमाएर मात्र ६२ रन बनाएको छ ।

कप्तान रोहित पौडेल ११ बलमा १ चौकासहित ४ रनमा रन आउट भए। आरिफ शेखले १२ बलमा मात्र दुई रन जोडे।

अनिल साह १, अर्जुन साउद १० र भीम सार्की ४ रनमा आउट भए। नेपालका शीर्ष तीन ब्याटरले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् । यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077