Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्युयोर्कमा भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्युयोर्कमा भेटवार्ता

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका ओली र मोदीबीच ​केहीबेरअघि ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता थियो ।

यसअघि प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहसँग भेटवार्ता गरेका थिए । उनीहरूबीच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो ।

यसैगरी, प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच पनि आज भेटवार्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077