Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालको लगातार तेस्रो हार, क्यानडासँग ५ विकेटले पराजित

नेपालको लगातार तेस्रो हार, क्यानडासँग ५ विकेटले पराजित

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो । क्यानडाका लागि नाभिनित धालिवाले सर्वाधिक ८७ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर १ बलमा अल आउट हुँदै १ सय ८१ रन बनाएको थियो । सन्दीप लामिछानेले सर्वाधिक ४९ रन बनाए । क्यानडाका लागि कलिम सानाले ३ विकेट लिए ।

यसअघिका खेलमा नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो । त्रिदेशीय श्रृङ्खलामा अब नेपालले अन्तिम खेल भोलि ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077