Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अमेरिकामा सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री ओलीको कार्यक्रम स्थगित

अमेरिकामा सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री ओलीको कार्यक्रम स्थगित

सोमवार , आश्विन ७, २०८१

काठमाडौँ । हाल अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा कार्यक्रम स्थगित हुन पुगेको छ ।

न्युयोर्कमा आइतबार आयोजित बृहत् कार्यक्रमलाई नेपाली समाजकै एउटा पक्षले विरोध गर्ने तयारी गरेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो । 

नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले कार्यक्रम तय भएपनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर स्थगित गरिएका जनाएको छ ।

प्रधानमन्त्री ओलीसहितका नेपाली अधिकारीहरू संयुक्त राष्ट्र संघको महासभा अन्तरगतको कार्यक्रमका साथै अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको तथा समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी बृहत् कार्यक्रम स्थगन गरिएको महावाणिज्यदूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077