Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

काभा महिला क्लब च्याम्पियनशिपको विजेता पुलिस टोली आज स्वदेश फर्कंदै

काभा महिला क्लब च्याम्पियनशिपको विजेता पुलिस टोली आज स्वदेश फर्कंदै

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनशिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली आज स्वदेश फर्किदैछ ।

पुलिस टोली अहिले बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल भलिबल सङ्घले जानकारी दिएको छ ।

माल्दिभ्सको मालेमा अस्ति शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

पुलिस अपराजित रहँदै विजेता बन्न सफल रह्यो । त्यसअघि लिग चरणमा पुलिसले पहिलो हुमोलाई ३–० दोस्रो श्रीलङ्का एयर फोर्स र तेस्रोमा ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटले हराएको थियो ।

नेपाल पुलिसले घरेलु टोली वाम्कोसँग ३–२ सेटको जित निकालेको थियो भने  आफ्नो अन्तिम खेलमा अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077