Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ।

पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिएको हो।

हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो। महाधिवेशनले तत्कालीन पोलिटब्युरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो।

केन्द्रीय १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्युरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो। केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ।

नेताहरुको जिम्मेवारी तथा कार्यविभाजन तोक्न पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदल गठन गरिएको थियो।

सोही कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यविभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077