Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सुनुवाइ समितिको बैठक स्थगित, श्रीलंकाका प्रस्तावित राजदूत भट्टराईबारे भएन निर्णय

सुनुवाइ समितिको बैठक स्थगित, श्रीलंकाका प्रस्तावित राजदूत भट्टराईबारे भएन निर्णय

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । संसदीय सुनुवाइ समितिको सोमबार तोकिएको बैठक बस्दै नबसी स्थगित भएको छ ।

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बोलाइएको बैठक आवश्यक सांसदहरुको अनुपस्थितिले स्थगित भएको हो।

संसदीय सुनुवाइ समितिमा दुई तिहाइ सदस्यको उपस्थिति नभएका कारण श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईबारे निर्णय हुन सकेन ।

१५ सदस्यीय समितिको सोमबारको बैठकमा ८ जना मात्र सांसद उपस्थित थिए । समितिमा कुनै पनि प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्न दुई तिहाइ सदस्यको मत आवश्यक पर्छ ।

विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेपनि श्रीलंकाका लागि प्रस्थावित राजदूत भट्टराईको स्नातक तहको शैक्षिक प्रमाणपत्र उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन।

यसअघि आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077