Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अब एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

अब एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

सोमवार , आश्विन ७, २०८१

सिन्धुली । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने बताएका छन्।

सिन्धुलीमाडीमा प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्।

उनले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकतावद्ध हुनुपर्ने बताए। उनले एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडि बढ्ने दाबी गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘अहिले देशमा देखिएको संकटलाई थप बढ्न दिनु हुँदैन । अबको अवस्थामा होस् नपुर्‍याए देशलाई कसरी बचाउने भन्ने गम्भीर प्रश्न आउँछ । त्यसकारण पनि राष्ट्रिय शक्तिहरू एकतावद्ध हुनुपर्छ । नेकपा एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्छौं ।’

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्न देशव्यापी रूपमा पार्टी सुदृढ गर्ने, पार्टी पंक्तिलाई अघि बढाउने र भएका कमी कमोजोरी सुधारको अभियान चलिरहेको उनले बताए ।

एमाले निर्णयक राष्ट्रिय शक्ति बनेर अरु राष्ट्रिय शक्तिहरूलाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता, अखण्डको पक्षमा उभ्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077