Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिमको पोस्टमा एपीएफले हान्यो १९ गोल

सुदूरपश्चिमको पोस्टमा एपीएफले हान्यो १९ गोल

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिमलाई १९–० गोलले हराएको हो ।

एपीएफका लागि रश्मीकुमारी घिसिङ र अनिता केसीले समान चार, प्रीति राईले ह्याट्रिक, सबिता राना मगर र कुसुम खतिवडाले समान दुई गोल गरे । यस्तै सरु लिम्बु र रेनुका हमालले समान एक गोल गरे । एपीएफले दुई गोल आत्मघाती उपहार पायो ।

यो जीतसँगै एपीएफ ८ खेलमा अविजित रहँदै २२ अङ्कका साथ शीर्ष स्थानमा छ । सुदूरपश्चिम लगातार आठ हारसहित अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077