Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, १ लाख १९ हजार ४२५ विद्यार्थीले ल्याए 'ग्रेड' !

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, १ लाख १९ हजार ४२५ विद्यार्थीले ल्याए 'ग्रेड' !

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा) को नतिजा आज प्रकाशन गरेको हो ।

जसमा ५६.७८ प्रतिशत परीक्षार्थीहरूले ग्रेड ल्याएका छन् ।

नतिजा अनुसार परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त गरेका परीक्षा बोर्डले जनाएको छ ।

नतिजा वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077