Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन अमेरिका पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् ।

भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।

उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पु¥याइएको योगदानका विषयमा विचारविमर्श भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077