Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समयसीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने त्रिविको निर्णय

समयसीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने त्रिविको निर्णय

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणालीतर्फ २०५८ र सेमेस्टरतर्फ २०६९ को सीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने भएको छ।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले त्रिविअन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीहरूको हकमा उक्त अवसर दिइने निर्णय गरेको छ।

वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाल अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षा दिन पाउने छन् ।

बैठकले त्रिविको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077