Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सहकारी ठगीमा उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ : शेखर कोइराला

सहकारी ठगीमा उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ : शेखर कोइराला

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगी प्रकरणमा उपसभापति धनराज गुरुङमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने नेता कोइरालाले बताए । उनले सहकारी प्रकरणमा उपसभापति गुरुङकी श्रीमतीलाई फौजदारी मुद्दा लाग्नुपर्ने पनि बताए।

मितेरी बचत तथा ऋण सहकारी संस्थाको अपचलनमा उपसभापति गुरुङको नाम मुछिएकोबारे कोइरालाले श्रीमती ज्योति गुरुङलाई फौजदारी मुद्दा लाग्नुपर्ने उनको भनाई छ ।

नेता कोइरालाले कसैले गलत काम गरेको देखिए सजायको भागि हुनुपर्ने बताए।

मितेरी सहकारी अध्यक्ष कुम्भराज गुरुङले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिमा बयान दिने क्रममा धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोड रुपैयाँसम्म रकम हिनामिना भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077