Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपका लागि खेलाडीहरुलाई बोलाइयो बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिपका लागि खेलाडीहरुलाई बोलाइयो बन्द प्रशिक्षणमा

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरुलाई साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा बोलाएको छ ।

नेपालमा हुने साफ महिला च्याम्पियनसिपका लागि एन्फाले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।

जारी एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

साफ महिला च्याम्पियनसिप अक्टोबर १७-३० सम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ।

साविक उपविजेता नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान समूह ए मा छन् भने साविक विजेता बंगलादेश, भारत र पाकिस्तान समूह बी मा छन् ।

बन्द प्रशिक्षणमा एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला विकलाई बोलाइएको छ ।

त्यस्तै हीराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की पनि बन्द प्रशिक्षणमा बोलाइएका छन् ।

विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता के।सी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी पनि बन्द प्रशिक्षणमा परेका छन् ।

ममता पुन, यशोदा शाही, अञ्जली माचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लामगेल, लिला जोशी, सुशीला चौधरी, कुस्मा राई, सुनिता भुलन पनि छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077