Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

आफ्नी दिदीलाई बचाउन खोजेको भन्दै उपप्रधानमन्त्री सिंहमाथि खनिए रवीन्द्र मिश्र

आफ्नी दिदीलाई बचाउन खोजेको भन्दै उपप्रधानमन्त्री सिंहमाथि खनिए रवीन्द्र मिश्र

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि खनिएका छन्।

बाल मन्दिरको जग्गा घोटालाको आरोप लागेकी दिदीलाई बचाउन खोजेको भन्दै उपाध्यक्ष मिश्र शहरी विकासमन्त्री सिंहमाथि खनिएका हुन्।

सामाजिक सञ्जालमा लेख्दै उनले अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ नगर्न चेतावनी दिए ।

उपाध्यक्ष मिश्रले दिदी बचाउनलाई ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ सिंहलाई चुनाव हराइदिने दाबी समेत गरेका छन् ।

उपाध्यक्ष मिश्रले लेखेका छन् ,‘जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला।’

साथै उनले विगतमा एक्लै लडेको भए सिंहलाई चुनाव हराएर देखाउन सक्ने दाबी पनि गरेका छन् । उनले आफूलाई अनेक हत्कन्डा गरेर हराएको भन्दै उपप्रधानमन्त्री भएर के गर्नुभयो भन्दै सिंहलाई प्रश्न गरे।

सिंहले चुनाव जितेर केही गर्न नसकेको भन्दै उनले हारे पनि आफ्नो नाक १०० गुणा बढी ठाडो रहेको जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077