Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

आफूलाई पक्रन भनेरै पूर्वडीआईजी जोशीलाई समातिएको रवि लामिछानेको दाबी

आफूलाई पक्रन भनेरै पूर्वडीआईजी जोशीलाई समातिएको रवि लामिछानेको दाबी

मंगलवार , आश्विन ८, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न सकिन्छ कि भन्ने उद्देश्यले नै पूर्वडिआईजी छविलाल जोशीलाई पक्राउ गरिएको दाबी गरेका छन् ।

मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै उनले सो दाबी गरेका हुन् । उनले जोशीको बयानबाट केही निस्कियो भने रविलाई समाउन सकिन्छ कि भन्ने उद्देश्यले नै उनलाई पक्राउ गरिएको जिकिर गरे ।

लाइभका क्रममा उनले आफू सहकारीको रकम ठगीमा संलग्न नभएको भनेर सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले नै स्पष्ट गरेको जिकिर गरे।

यद्यपि, गोरखा मिडियामा आफू कार्यरत रहेको बेला आएको रकम खर्च भएको विषयमा भने आफूले जिम्मेवारी लिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077