Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

देशभरका कार्यकर्तालाई रविको आह्वान - मलाई फसाउन खोजे प्रतिवादमा उत्रिनू

देशभरका कार्यकर्तालाई रविको आह्वान - मलाई फसाउन खोजे प्रतिवादमा उत्रिनू

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध षड्यन्त्र प्रतिवाद गर्न अपिल गरेका छन् ।

मंगलबार साँझ फेसबुक लाइभमार्फत लामिछानेले आफूलाई सुनियोजितरूपमा फसाउन खोजे प्रतिवाद गर्न देशभरका कार्यकर्तालाई आह्वान गरेका हुन् ।

आफू अन्यायमा परेका बेला विगतमा नागरिकस्तरबाट साथ पाएको बताउँदै उनले अब पनि आवश्यक परे साथ दिन आग्रह गरे ।

उनले भने, 'अदालतले, प्रतिवेदनले, सभापतिले, विभिन्न जिल्लाका प्रहरीले, महान्यायाधिवक्ताले, प्रधानमन्त्रीले, पूर्वप्रधानमन्त्रीले स्पष्ट र लेखेर भनिसकेपछि पनि मलाई संगठित अपराधमा भोलि राजनीति नै गर्न नसक्ने मान्छे पो बनाउन सकिन्छ कि भन्ने ढंगले छड्के आँखा, त्यस्तो किसिमको गलत क्रियाकलाप, त्यस्तो किसिमको गलत षड्यन्त्र गर्न खोजिएको खण्डमा म देशैभरिका साथीहरूलाई अलर्ट रहन अपिल गर्न चाहन्छु ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077