Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल र ओमानको खेल वर्षाका कारण रद्द, दुवै टिमले बाँडे अंक !

नेपाल र ओमानको खेल वर्षाका कारण रद्द, दुवै टिमले बाँडे अंक !

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने ९ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण हुन सकेन ।

खेल रद्द भएपछि दुवै टोलीले १–१ अङ्क बाडेका छन् ।

पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले हारेको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो ।

८ वटा टोली सहभागि लिग–२ को अङ्क तालिकामा नेपाल ८ खेलमा ३ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077