Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

दक्षिण कोरियालाई परराष्ट्रमन्त्री राणाको आग्रह - नेपालमा थप लगानी गरौँ

दक्षिण कोरियालाई परराष्ट्रमन्त्री राणाको आग्रह - नेपालमा थप लगानी गरौँ

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । नेपालमा थप लगानी गर्नको लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाले दक्षिण कोरियालाई आग्रह गरेकी छन् ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणाले दक्षिण कोरियाका विदेशमन्त्री चो तेई–युलसँग भएको साइडलाइन द्विपक्षीय भेटवार्तामा सो आग्रह गरेकी हुन् ।

उनले दक्षिण कोरियालाई नेपालमा थप लगानी गर्न र थप पर्यटन आउनको लागि आग्रह गरिन् ।

नेपाली श्रमिक र विद्यार्थीहरुलाई दक्षिण कोरियाले भित्र्याउन खेलेको भूमिकालाई लिएर मंगलबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री राणाले धन्यवाद दिएकी हुन् ।

यस्तै, परराष्ट्रमन्त्री राणाले फिलिपिन्सका विदेश सचिव इन्रिक ए. मनालोसँग पनि साइडलाइनमा भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077