Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रचण्ड र मिश्रबीचको कुराकानीप्रति बाबुरामको टिप्पणी – अहिले बिरालो म्याँउ गरेकै हो

प्रचण्ड र मिश्रबीचको कुराकानीप्रति बाबुरामको टिप्पणी – अहिले बिरालो म्याँउ गरेकै हो

बुधवार , आश्विन ९, २०८१

काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रविन्द्र मिश्रबीच भएको भेटमा टिप्पणी गर्दै 'बिरालो म्याँउ' गरेको संज्ञा दिएका छन् ।

प्रचण्डले राजा महेन्द्र त गज्जबका 'भिजनरी' राजा रहेछन् भन्ने प्रतिक्रिया दिएको रवीन्द्रको भनाइलाई लक्षित गर्दै उनले बिरालो म्याउ गरेको रूपमा चित्रण गरेका हुन् ।

उनले भनेका छन्– 'प्रचण्ड र रवीन्द्र मिश्रबिचको अंतरंग कुराकानीको सत्य तथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्षदेखि जान्ने सबैलाई थाहा छ अहिले बिरालो म्यॉउ गरेकै हो ! किनकि प्रचण्डको वास्तविकता त्यही हो।'

उनी थप लेख्छन्– 'गणतन्त्र,धर्मनिरपेक्षता,सङ्घीयता,समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानपूर्ण सङ्घर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्ता लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन् ! खोस्न दिनु हुँदैन !'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077