Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रवीन्द्रलाई प्रचण्डको सचिवालयले भन्यो - मनगढन्ते कुरा गर्नु राजनैतिक संस्कार होइन

रवीन्द्रलाई प्रचण्डको सचिवालयले भन्यो - मनगढन्ते कुरा गर्नु राजनैतिक संस्कार होइन

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ ।

मंगलबार बिहान खुमलटारमा भएको भेटमा प्रचण्डको विचार भन्दै आफू अनुकूल सामाजिक सञ्जालमा प्रस्तुत गरेको भन्दै सचिवालयले आपत्ति जनाएको हो ।

अध्यक्ष प्रचण्डसँग भएको भेटको सन्दर्भलाई लिएर मिश्रले गरेको टिप्पणीमा कुनै सत्यता नभएको अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले बताए ।

मिश्रले मनगढन्ते धारणा सार्वजनिक गरेको मल्लको दाबी छ । ‘हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत् श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ,' मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनुभएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भनेका छन्– ‘मिश्र सर, यति सस्तो (अ) राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि १’ यता, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रवीन्द्र मिश्रबिचको भेटलाई कटाक्ष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077