Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउने

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउने

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने पेशी तोकिएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा पूर्वसभामुखसमेत रहेका सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइका लागि पेशी तोकिएको हो ।

उपाध्यक्ष सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने छ।

यसअघि सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने मिति पटकपटक तोकिए पनि संवैधानिक इजलासले निसुको मिति सार्दै आएको छ।

काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत,सपना प्रधान मल्ल,प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने भएको हो।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले असोज २० गते देखि अवकाश पाउने भएकाले आज नै फैसला सुनाउनुपर्ने छ। यदि आज फैसला सरेमा संवैधानिक इजलासले पुनः नयाँ न्यायाधीशहरुलाई पेशी तोकेर सुनुवाइ गर्नुपर्नेछ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि विविध कारणले फैसला हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077