Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रविले 'क्लिन चिट' पाएँ भनेर अनुसन्धान प्रभावित गर्न खोजे : शंकर पोखरेल

रविले 'क्लिन चिट' पाएँ भनेर अनुसन्धान प्रभावित गर्न खोजे : शंकर पोखरेल

बुधवार , आश्विन ९, २०८१

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेले अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताएका छन् ।

आज धनगढी पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन् । लामिछानेले सहकारी ठगीको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको उनले आरोप लगाए।

कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्ने उनको भनाई छ ।

महासचिव पोखरेलले जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित नहुने बताए।

अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्नुपर्ने उनले बताए ।

सहकारीको रकम दुरुपयोग गरेर महत्वकांक्षाका साथ टेलिभिजन सञ्चालन गरेको प्रष्ट भइसकेको उनले बताए ।

रविको नाम नलिई उनले संकटमा पुर्‍याउने व्यक्तिले म निर्दोष छु, क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको समेत महासचिव पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077