Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डले संसद अवरुद्ध गरे : शंकर पोखरेल

सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डले संसद अवरुद्ध गरे : शंकर पोखरेल

बुधवार , आश्विन ९, २०८१

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गुमाएको कुण्ठामा माओवादीले संसदअवरुद्ध गरेको बताएका छन् ।

आज धनगढी पुगेका महासचिव पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा माओवादीले कुण्ठा बोकेर अगाडी बढेको बताएका हुन् ।

उनले सत्ताबाट बाहिरिनुपर्दा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'मा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरे।

महासचिव पोखरेलले भने, ‘सरकार गठन भएको १०० दिन नपुग्दै उहाँले संसदमा जुन अभिव्यक्ति दिनुभयो, त्यो पूर्णत असंसदीय र अराजनीतिक थियो । त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भयो ।’

माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर माओवादीले संसद रोकेको उनले बताए ।

तर माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना गर्ने काम भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077