Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्यानडामा तीन खेल हारेपछि नेपालको ओडीआई वरीयता खस्कियो

क्यानडामा तीन खेल हारेपछि नेपालको ओडीआई वरीयता खस्कियो

बुधवार , आश्विन ९, २०८१

काठमाडौं। नेपाली क्रिकेट टीम आईसीसी एकदिवसीय रीयतामा एक स्थान तल झरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको हो।

यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा छ ।

आईसीसी विश्वकप लिग २ मा यसै साता क्यानडामा तीन खेल हारेपछि नेपालको वरीयता खस्किएको हो।

नामिबिया तीन स्थान तल झरेर १८ औं स्थानमा पुगेकोछ । ओमान पनि एक स्थान तल झर्दै १९ औं स्थानमा छ ।

युएई ओडीआई टोलीको वरीयतामा सबैभन्दा पुछार २० औं स्थानमा छ। अमेरिका एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।

क्यानडाले चार स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ । स्कटल्यान्ड ११ औं, आयरल्यान्ड १२ औं, जिम्बावे १३ औं र नेदरल्यान्ड्स १४ औं स्थानमा यथावत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077