Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

देशमा अस्थिरता निम्त्याइरहने प्रवृत्ति रोक्न एमालेसँग मिल्यौं : उपप्रधानमन्त्री सिंह

देशमा अस्थिरता निम्त्याइरहने प्रवृत्ति रोक्न एमालेसँग मिल्यौं : उपप्रधानमन्त्री सिंह

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।

भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको उद्‌घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि नै नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धनको सरकार बनेको बताए।

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले भने, ‘गत निर्वाचनको परिणामले नौ-नौ महिनामा सरकार परिवर्तन हुँदा जनतामा निराशा छायो, जनताले निराश अभिव्यक्ति र भाष्य दिन थाले । त्यसैले राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन तथा राजनीतिक स्थिरता र स्थायित्व ल्याउन कांग्रेस र एमालेको सरकार बनेको हो ।’

अहिलेको सरकारले जनताको पक्षमा काम गर्न थालेको, संसद्मा अड्किएर रहेका विधेयक पास हुन थालेका भन्दै समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी सरकारले काम गरिरहेको बताए ।

उपप्रधानमन्त्री सिंहले सरकारले संविधानको मर्म र भावनाविपरीत कुनै पनि निर्णय नगर्ने, संविधानले दिएको कसैको पनि अधिकार नखोस्ने उल्लेख गरे ।

सरकारले कानून बनाउने, कार्यान्वयनमा ल्याउने र देशमा कानुनी राज्यको प्रत्याभूति दिँदै सुशासन कायम राख्ने उपप्रधानमन्त्री सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077