Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट साकिबले लिए सन्न्यास

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट साकिबले लिए सन्न्यास

बिहिवार , आश्विन १०, २०८१

एजेन्सी । बंगलादेशका अलराउन्डर साकिब अल हसनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

साकिबले भारतविरुद्ध कानपुरमा हुने दोस्रो टेस्टको अघिल्लो दिन क्रिकेटको सानो संरचनाबाट सन्न्यासको घोषणा गरेका हुन् ।

यस्तै, साकिबले आगामी महिना दक्षिण अफ्रिकाविरुद्ध मिरपुरमा हुने टेस्ट शृंखलापछि टेस्ट क्रिकेटबाट सन्न्यास लिने चाहनासमेत व्यक्त गरे ।

३७ वर्षीय अनुभवी अलराउन्डर साकिबले १२९ अन्तर्राष्ट्रिय खेलमा बंगलादेशको प्रतिनिधित्व गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077