Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

शुक्रवार , आश्विन ११, २०८१

अछाम । अछाममा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको ढकारी गाउँपालिका–६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा लगिएकोमा त्यहाँ सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

उनलाई कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

ग्रामीण सडक खराब भएकाले एम्बुलेन्सद्वारा उद्धार गर्न नसकिने भएकाले सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077