Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध - तीन दिन विद्यालय बन्द गर्नू

स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध - तीन दिन विद्यालय बन्द गर्नू

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । शिक्षा मन्त्रालयले आइतबारदेखि तीन दिन देशभरका विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

अविरल वर्षाका कारण विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय तीन दिन बन्द गर्न मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको हो ।

मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

बाढी र डुबानका कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077