Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

बाढीपहिरोमा परेका जनताको उद्धारमा खटिएका सुरक्षाकर्मीलाई प्रधानमन्त्रीले दिए धन्यवाद

बाढीपहिरोमा परेका जनताको उद्धारमा खटिएका सुरक्षाकर्मीलाई प्रधानमन्त्रीले दिए धन्यवाद

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोमा परेका जनताको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई धन्यवाद दिएका छन् ।

उनले शनिवार राति सामाजिक सञ्जालमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई धन्यवाद दिएका हुन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका छन् ।

‘बाढीपहिरोको विपत्तिबाट शनिवार साँझसम्म दुई हजार ५०० जनाभन्दा बढी नागरिकको उद्धार गरेकोमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी साथीहरुलाई धन्यवाद,’ ओलीले लेखेका छन्, ‘सुरक्षाकर्मीको टोली निरन्तर खटिरहेको छ । सबैले सहयोग गरौँ ।’

उनले आफू संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा रहेको पनि बताए । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077