Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

विपद् व्यवस्थापनमा वर्तमान सरकार नै उदासीन देखियो : प्रचण्ड

विपद् व्यवस्थापनमा वर्तमान सरकार नै उदासीन देखियो : प्रचण्ड

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विपद् व्यवस्थापनमा सरकार उदासीन भएको आरोप लगाएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भारी वर्षापछि आएको बाढी र पहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन भएको आरोप लगाए।

अध्यक्ष प्रचण्डले भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गरे।

राजधानीमै उद्धारका लागि लामो समय प्रतीक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने पीडादायी अवस्था देखिनु जनताप्रति सरकारको चरम उदासीनता पुष्टि भएको अध्यक्ष प्रचण्डले विज्ञप्तिमा उल्लेख गरेका छन्।

ठुलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु, घरबारविहीन भएकाहरूलाई सुरक्षित गर्दै पुनर्स्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेभन्दै तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूलाई पुनर्स्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष प्रचण्डले बेपत्ता नागरिकको खोजी, बिस्थापितहरुको पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077