Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अखिल क्रान्तिकारीले निर्वाचनबाटै नेतृत्व टुंगो लगाउने

अखिल क्रान्तिकारीले निर्वाचनबाटै नेतृत्व टुंगो लगाउने

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मतदानबाट अध्यक्षको उम्मेदवारको टुंगो लगाउने भएको छ।

क्रान्तिकारीले मतदानबाट अध्यक्षको उम्मेदवारको टुंगो लगाउने तयारी थालेको हो ।

अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यार्थी संगठनमा उमेरहद कायम गर्नुपर्ने भन्दै निर्वाचनबाट त्यसको टुंगो लगाउन निर्देशन दिएपछि क्रान्तिकारीले उमेरहदको तयारी गरेको हो।

उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ ।

उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077