Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

विपद्का बेला सरकारले राहत र उद्धारमा प्रभावकारी काम गरेको छ : प्रधानमन्त्री ओली

विपद्का बेला सरकारले राहत र उद्धारमा प्रभावकारी काम गरेको छ : प्रधानमन्त्री ओली

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले राहत र उद्धारको काम प्रभावकारी ढङ्गले गरिरहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै यस्तो बताएका हुन्।

उनले सरकारले प्रभावकारी काम नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको बताए। विरोधका लागि विरोध होला तर सरकारले तत्काल गर्न सक्ने काम गरेको उनले दाबी गरे ।

उद्धार र राहतको काम सरकारले तत्काल पुर्‍याएको प्रधानमन्त्री ओलीले बताए । उनले आफू बाहिर हुँदा पनि घटनाबारे जानकारी लिएको भन्दै आवश्यक निर्देशन समेत दिएको बताए ।

उनले यस्तो संवेदनशील बेलामा सबै मिलेर नागरिकको पीडामा जुट्नुपर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले शनिबार काठमाडौं उपत्यकासहितका क्षेत्रमा आएको बाढीपछिको उद्धार र राहत प्रक्रियामा सरकारले सक्दो कोसिस गरिरहेको बताए।

उनले बाढी-पहिरो पनि पूर्वसूचना दिएर नजाने बताउँदै सरकारले तदारुकताका साथ राहत पुर्‍याउने काममा लागेको पनि उनले बताए।

उनले मौसम पूर्वानुमान महाशाखाले बाढी-पहिरो आउने बताए पनि कुन ठाउँमा आएर क्षति गर्ने भन्ने पूर्वानुमान कसैले गर्न नसक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077