Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अमेरिका भ्रमणबारे प्रधानमन्त्री ओलीले भने - म भैंसी दोहेर दुध लिन गएको हैन !

अमेरिका भ्रमणबारे प्रधानमन्त्री ओलीले भने - म भैंसी दोहेर दुध लिन गएको हैन !

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमणमा भैंसी दोहेर दुध लिनका नगएको बताएका छन्।

सोमबार न्युयोर्क भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले समस्याहरू हाम्रो देशका मात्र नभएको भन्दै विश्वव्यापी समस्याका बारेमा जानकारी गराएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘म कुनै भैंसी दुहुन गएर दुध लिएर आएँ भनेजस्तो होइन। हाम्रा विचारहरू, समस्याहरू राख्न गएको हो। राखियो। यी समस्याहरू एउटा देशका मात्रै होइन। ग्लोबल समस्या ग्बोबलले मिलेर समाधान गर्नुपर्छ भन्ने भयो।’

ओलीले देशमा भएको प्राकृतिक विपत्तिमा जलवायु परिवर्तनको असर नभएपनि अल्पविकसित देशहरू यसको चपेटामा रहेको पनि बताए।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिए ।

त्यसक्रममा प्रधानमन्त्रीले नेपालको परिपूर्ण लोकतन्त्र, मानवअधिकार, सामाजिक सुरक्षालगायतका विषयमा प्रकाश पार्नुका साथै नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति, जलवायु परिवर्तन र त्यसले हिमाली राष्ट्रमा पारेको प्रभाव तथा चुनौतीका सन्दर्भमा विश्वका राष्ट्रको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077