Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला अछाम पुगे खड्का

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला अछाम पुगे खड्का

सोमवार , आश्विन १४, २०८१

अछाम । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का गृहजिल्ला अछाम पुगेका छन् ।

उनी मन्त्री भएपछि पहिलोपटक समिट एयरको जहाजमार्फत सोमबार दिउँसो गृहजिल्ला पुगेका हुन् ।

उनलाई साँफेबरस्थित विमानस्थलमा जिल्लास्थित नेपाली कांग्रेसका नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधि तथा जिल्लावासीले भव्य स्वागत गरेका थिए ।

मन्त्री खड्काले गृहजिल्लामा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको मन्त्री खड्काका स्वकीय सचिव महेन्द्र साउँदले जानकारी दिए ।

खड्काले गत साउन २१ गते सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077