Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

बार अध्यक्ष घिमिरेले भने - खबरदारी गर्दा अवहेलना मुद्दा चलाइयो, विचलित हुन्नँ

बार अध्यक्ष घिमिरेले भने - खबरदारी गर्दा अवहेलना मुद्दा चलाइयो, विचलित हुन्नँ

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध आवाज उठाउँदा आफूविरुद्ध मुद्दा चलाउन खोजिएको दाबी गरेका छन् ।

सोमबार बार एशोसिएशनमा पत्रकार सम्मेलन गर्दै घिमिरेले यस्तो दाबी गरेका हुन् । उनले आफ्नो कमजोरी ढाक्नका लागि न्यायपरिषद्ले आफूविरुद्ध मुद्दा चलाउन खोजेको बताए ।

न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले नै न्यायालयमा भ्रष्टाचार भएको देखाएको अवस्थामा त्यही विषयलाई बारले उठाउँदा न्यायपरिषद् बारमाथि खनिएको उनले अनलाइन नेपालसँग बताए ।

आफूले दिएको अभिव्यक्तिको जिम्मेवारी लिने भन्दै उनले जुनसुकै मुद्दा खेप्न तयार रहेको स्पष्ट पारे । न्यायपरिषद्को कुनै पनि कदमले बार विचलित नहुने उनले बताए ।

न्याय परिषद नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण नगरी परिषदले एकलौटी रुपमा न्यायाधीश सिफारिस गर्नु आपत्तिजनक भएको र त्यसमा परिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश श्रेष्ठको अनुचित स्वार्थ रहेको आरोप घिमिरेले लगाएका थिए ।

तर न्यायपरिषद्ले उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको र जनआस्था गिराउने काम गरेको भन्दै अवहेलना मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077