Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने सरकारको निर्णय

विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने सरकारको निर्णय

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । सरकारले बाढीपहिरो प्रभावितहरूका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍को बैठकले अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने गरी निर्णय गरेको हो ।

बैठकले मन्त्रिपरिषद्का सबै सदस्यको एक महिना बरारबरको पारिश्रमिक बाढीपहिरो प्रभावितको तत्काल उद्धार तथा राहतका लागि विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै राहत र उद्धारका लागि सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने आह्वान पनि गरेको छ।

त्यस्तै बाढी पहिरोका कारण घाइते भएकाहरूलाई निशुल्क उपचार र उपचारमा कुनै कमी हुन नदिने निर्णयसमेत भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077