Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमालेको सचिवालय बैठक होटल बसेरामा जारी

एमालेको सचिवालय बैठक होटल बसेरामा जारी

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक होटल बसेरामा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै शुक्रबार र शनिबारको वर्षापछि आएको बाढी र पहिरोले अत्याधिक जनधनको क्षति भएपछि आगामी रणनीति तय गर्न बैठक बसेको हो।

एमाले पार्टी कार्यालय च्यासलमा समेत बाढी पसेपछि होटल बसेरामा बैठक जारी रहेको छ ।

अहिले पार्टी कार्यालय एमालेको भातृसंगठन जिफन्टले सफा गरिरहेको छ।

बैठकमा प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा सहभागी हुँदा भएको भ्रमणको समीक्षा र बाढी-पहिरो पीडितलाई राहत र पुनर्स्थापनाका विषय मुख्य एजेण्डा रहेको छ।

सचिवालय बैठकपश्चात एमाले संसदीय दलको बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077