Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय

सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । नेकपा एमालेले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

बसेरा होटलमा बसेको सचिवालय बैठकले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने निर्णय गरेको हो।

सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले बताए। सचिवालय बैठकपछि अहिले संसदीय दल बैठक पनि बसिरहेको छ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न पनि आह्वान गरेका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले प्रारम्भिकरुपमा एक अर्ब रुपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077