Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

पार्टीको काम रोकेर राहत र उद्धारमा खटिन एमालेको निर्देशन

पार्टीको काम रोकेर राहत र उद्धारमा खटिन एमालेको निर्देशन

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । नेकपा एमालेले पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले राहत र उद्धारमा खटिन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएको हो।

विपत्तिमा परेका जनतालाई राहत र उद्धारका लागि कार्यकर्ताहरू परिचालित गर्ने निर्णय गरिएको छ।

बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले बताए ।

बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्तुत हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077