Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने निर्णय गरेको छ ।

केन्द्रका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले सबै प्रदेशमा सेवा विस्तार गर्ने निर्णय गरेको हो।

अब स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ ।

स्वास्थ्यमन्त्री पौडेलले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरुमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार सुरु भइसकेको र अब मुटु रोगको उपचारसमेत विस्तारको प्रस्ताव राखेका थिए।

मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077