Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपिएल : चितवन राइनोजको लोगो सार्वजनिक

एनपिएल : चितवन राइनोजको लोगो सार्वजनिक

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिम चितवनले आफ्नो नाम र लोगो घोषणा गरेका छन्।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवनको आधिकारिक नाम चितवन राइनोज हुने भएको हो ।

चितवन राइनोजले आफ्नो प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक उमेश पटवाललाई नियुक्त गरेको छ ।

त्यस्तै, कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको काठमाडौंको आधिकारिक नाम काठमाडौं गोर्खाज हुने भएको छ।

यसअघि सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले पनि आफ्नो नाम घोषणा गरेका थिए।

एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी आठ भाग लिँदैछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077