Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एभरेस्ट महिला भलिबल लिग : गण्डकी थन्डर्सको लगातार दोस्रो हार

एभरेस्ट महिला भलिबल लिग : गण्डकी थन्डर्सको लगातार दोस्रो हार

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यश्विसले गण्डकी थन्डर्सलाई पराजित गरेको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको खेलमा कर्णालीले गण्डकीलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट गण्डकीले २५–१५ ले जित्यो । दोस्रो सेट कर्णालीले २५–२२ ले जित्यो । तेस्रो सेट कर्णालीले २५–१७ ले जित्यो । चौथो सेट गण्डकीले २५–१९ ले जित्यो । पाँचौं सेट कर्णालीले १५–१२ ले जित्यो ।

प्रतियोगितामा आजै दोस्रो खेलमा काठमाण्डौ स्पाइकर्स र चितवन शक्ति खेल्दैछन् । यस्तै तेस्रो खेलमा ललितपुर क्वीन्स र मधेश युनाइटेड खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077