Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा

पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमको कप्तान बाबर आजमले राजीनामा दिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै बाबरले राजीनामाको घोषणा गरेका हुन् ।

उनले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको बताएका छन्।

बाबरले लेखेका छन्,'टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो । तर अब मैले पद छाड्दै आफ्नो खेलमा ध्यान केन्द्रित गर्ने समय आएको छ।'

विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले पहिले नै नेतृत्व छाडेका थिए । तर फेरि पाकिस्तान क्रिकेट बोर्डले मार्चमा उनलाई पुन: कप्तानी जिम्मेवारी दिएको थियो ।

बाबरलाई ट्वान्टी-२० र एकदिवसीय फर्म्याटमा पाकिस्तानी क्रिकेट टिमको कप्तानी जिम्मेवारी दिइएको थियो ।

भारतमा भएको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो भने टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077